बिजनेस

आज सुनको मूल्यमा वृद्धि

0Shares

काठमाडौ,वैशाख १९ : आज सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। छापावाला सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर ९० हजार रुपैयाँ कारोबार मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा नौ सय रुपैयाँले घटेर छापावाला सुन ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघले आजका लागि तेजावी सुनको भाउ ८९ हजार पाँच सय रुपैयाँ तोकेको छ ।

आज चाँदीको भाउमा कुनै घटबढ भएको छैन । शुक्रबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि उस्तै छ । सामान्य अवस्थामा देशभर दैनिक २० देखि ४० किलो सुनको कारोबार हुने गरेको भएपनि कोभिड माहामारीको दोस्रो लहका कारण अहिले सुनको कारोबार निकै आरालो झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । देशका प्रमुख सहरमा जारी भएको निषेधाज्ञाका कारण बजार प्रभावित भएको व्यवसायीहरुको भनाई छ ।

0Shares