बिजनेस

आज सुनको मूल्य घट्यो

0Shares

काठमाडौ,वैशाख ७ : आज सुन चाँदी दुबैको भाउमा सामान्य वृद्धि देखिएको छ। यस दिन सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार यस दिन छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा किनबेच भइरहेकाे छ।

सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार रुपैयाँ पुगेको थियो। बैशाखको पहिलो कारोबार दिनयता सुनको भाउ दिनहुँ बढिरहेको थियाे। बैशाख २ गतेदेखि सुन तोलामा ९०० रुपैयाँले बढोत्तरी भएको थियाे।चाँदीको भाउ लगातार तेश्रो दिन स्थिर रहेको छ। बैशाख ३ गतेयता चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ

0Shares