पुंजीबजार

आज सुनको मूल्य घट्यो

0Shares

काठमाडौ,वैशाख १०: आज सुन चाँदी दुबैको भाउमा सामान्य वृद्धि देखिएको छ। सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।यस दिन छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार र बिहीबार सुन तोलामा नै १५०० रुपैयाँले वृद्धि भएको थियो। बिहीबार साताकै महंगो मूल्य तोकिएर सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ पुगेको थियो ।साताभरमा सुन तोलामा एक हजार २०० रुपैयाँले बढोत्तरी भएको छ । बैशाख ३ गते, शुक्रबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको सुन त्यसयता वृद्धि भएको हो । यस साताको मंगलबार र शुक्रबार मात्र सुनको मूल्य सामान्य रुपमा घटेको महासंघको तथ्यांकले देखाउँछ।
शुक्रबार सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। यस दिन चाँदी तोलामा १५ रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार ३२० रुपैयाँमा किनबेच हुँदैछ। बिहीबार चाँदी तोलामा २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३३५ रुपैयाँ तोकिएको थियो। नेपाल सुनचाँदी महासंघको तथ्यांक हेर्दा साताभरमा चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । गत साताको शुक्रबार चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। त्यसपछिका तीन दिन चाँदीको भाउ स्थिर रहेतापनि बैशाख ७ गतेपछि भने चाँदीको भाउमा बढोत्तरी भयो। बिहीबार साताकै उच्च मूल्यमा कारोबार भएको चाँदी शुक्रबार भने घटेको हो। आज सुन चाँदी दुबैको भाउमा सामान्य वृद्धि देखिएको छ। 

0Shares