पुंजीबजार

आज सुनको मूल्य बढेको छ

0Shares

काठमाण्डौ, पुस २१ आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य ९६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४० डलर पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

0Shares