बिजनेस

आज सुन चाँदीको मूल्य कति भयो त

0Shares

काठमाडौ,फागुन २४ :आज सुन चाँदी दुबैको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ।अघिल्लो दिन आइतबार प्रतितोला ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजाबी सुन पनि तोलामा १०० रुपैयाँले बढेर ८५ हजार ७५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

0Shares