बिजनेस

आज सुन चाँदीको मूल्य घट्यो

0Shares

काठमाडौ,जेठ २४ : आज सुन चाँदी दुबैको भाउमा सामान्य वृद्धि देखिएको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार १०० र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

0Shares