बिजनेस

आज सुन चाँदीको मूल्य बढ्यो

0Shares

काठमाडौ,वैशाख २१ : आज सुन चाँदी दुबैको भाउमा सामान्य वृद्धि देखिएको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार पनि सुनको मूल्य बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँ तोकिएको थियो । यस्तै यस दिन तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ पनि मंगलबार उकालो लागेको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३२५ रुपैयाँमा किनबेच हुँदैछ । महासंघले जनाए अनुसार चाँदी अघिल्लो दिन वृद्धि भई एक हजार ३०० रुपैयाँमा उक्लेको थियो ।

0Shares