ब्लग /साहित्य

आज – ०३ जेठ २०७८ सोमवार को राशिफल

0Shares

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । कृषि कार्यबाट बढी लाभ मिल्नेछ ।
वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । जोशजाँगर र हिम्मत बढ्नेछ । निर्माणको कार्य भने अघि बढ्नेछ ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । आफन्तलाई प्रभावित पारेर काम बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामान हराउने योग छ । साँझमा आफ्नी इच्छा पूरा गर्न केही धन पनि खर्च होला, तर शेयर बजारबाट राम्रो सफलता पाईन सक्छ ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ । शुभ कार्यको चर्चा पनि चल्नेछ, तर साँझमा कुनै कारणले चिन्ता बढ्न सक्छ ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य समस्या बढ्नसक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । साँझमा अनावश्यक खर्च बढ्न सक्छ । नयाँ कामको योजना बन्ला ।
मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । पढाइ लेखाइमा विस्तारै सफलता मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । शुभ र नयाँ कार्यको योजना बन्नेछ । आफन्त सँग पुनर्मिलनको योग रहेको छ ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यले विभिन्न अवसर जुराउनेछ । सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ कामको थालनी पनि हुन सक्छ ।

0Shares