ब्लग /साहित्य

आज – ०४ जेठ २०७८ मंगलवार को राशिफल

0Shares

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रतिष्ठित व्यक्तित्वको भेटघाटले मन प्रसन्न हुनेछ ।
वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्त र बन्धुबान्धवबाट सहयोग मिल्नेछ । प्रेमका कोपिलाहरू पक्रिएर जानेछन् ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अग्रज र विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवारिक सुख र स्वादिष्ट परिकारको अवसर मिल्नेछ । अनावश्यक बाहिर ननिस्केकै जाती ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । राजनैतिक क्षेत्र कमजोर नै होला । चुनौतीको सामना र स्वास्थ्यमा समस्या आउला ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक कार्य सफल हुनेछ । स्वास्थ्यको ख्याल गर्नु होला ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रशासनिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साँझमा भने खर्च बढ्न सक्छ ।
वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्य र नयाँ कार्यको योजना बन्नेछ । पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोबारमा मन्दी आउनेछ । पेट सम्बन्धी समस्याका आउन सक्छ ।
मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति गम्भीर रहनु होला ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्र भने कमजोर नै रहला ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । शैक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममा पनि सफलता पाइनेछ ।

0Shares