ब्लग /साहित्य

आज ०८ बैशाख २०७८ बुधवार को राशिफल

0Shares


मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । सन्तान सुख पनि मिल्नेछ ।
वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक प्रतिष्ठा कमाउने बेला छ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ, तर आफ्नो अधिकार भने मिल्नेछ ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साथीभाइबाट बढी फाइदा लिने समय छ । जोश जाँगर र उमंग बढ्ला । नयाँ काम सुरु गर्ने समय छ । आर्थिक कारोबारमा सफलता पाइएला ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कृषि क्षेत्रको काम पनि अघि बढ्नेछ ।
वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तान पक्षको मायामा कमी आउनेछ ।
मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा धनलाभ हुने योग छ । भूमिबाट लाभ नै रहला ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक कार्यमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

0Shares