ब्लग /साहित्य

आज – १० जेठ २०७८ सोमवार को राशिफल

0Shares

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।
वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सफलता मिल्नेछ ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेममा मधुरता पनि छाउला ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्र भने कमजोर नै रहला ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीतिक कार्यमा सफलता मिल्नेछ । घरायसी मनोरञ्जनमा सहभागिता भइएला । स्वास्थ्यमा समस्या आउन सक्छ बढी सजग रहनु होला ।
मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज इच्छा र आकाङ्क्षा पूर्ण होला । नजिकको आफन्त र मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्न सक्छ ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

0Shares