पुंजीबजार

आज ५४ अंकले बढ्यो सेयर बजार

0Shares

काठमाडौ,वैशाख १९ : सेयर बजारको परिसूचक नेप्से आइतबार ५४ अंकले बढेको छ। सो अंकको वृद्धिपछि बजारको परिसूचक २६६५ अंकमा कायम भएको छ। यस दिन कारोबार रकम पनि बढेको छ। कुल ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सबै समूहहरु बढेका छन् । बैंकिङ १९, ब्यापार ७९, होटल तथा पर्यटन १११, विकास बैंक ३८, जलविद्युत ३७, फाइनान्स १६, निर्जीवन बीमा ४४८, उत्पादन १५०, अन्य ९४, माइक्रोफाइनान्स १०४ र जीवन बीमा ६३२ अंकले बढेका छन् । लगानी र म्युचुअल फण्ड समूह १ अंकमुनि हरियो रहे ।

तीन कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ । महिला लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनी र सिंगटी हाइड्रोको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । सो मूल्य वृद्धिपछि महिलाको मूल्य प्रतिकित्ता ३४३७, विशाल बजारको ५६०८ र सिंगटीको ३९९ रुपैयाँ पुगेको छ। त्यस्तै सानिमा जनरल इन्स्योरेन्सको मूल्य ८.७ प्रतिशतले बढेर ८१२ रुपैयाँ पुगेको छ। युनिभर्सल पावरको मूल्य ७ प्रतिशत बढ्यो। यस दिन मूल्य घट्ने कम्पनीको गिरावट २ प्रतिशतभन्दा मुनि रह्यो। कारोबारका आधारमा एनसिसी बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ४२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ता ३६७ रुपैयाँ कायम भएको छ। त्यस्तै पुनर्बीमा कम्पनीको ४० करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य करिब ५ प्रतिशत बढेर १५१२ रुपैयाँ पुगेको छ। नेपाल टेलिकमको ३२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ४ प्रतिशतले बढेर १३७० रुपैयाँ कायम भएको छ।

0Shares