राष्ट्रिय

आन्तरिक उडानको संख्या थपिदै

0Shares

काठमाडौ,असार २६ : नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान गर्ने एयरलाइन्सहरुलाई मागअनुसारको उडान अनुमति दिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै यसअघि पचास प्रतिशतमात्र उडान अनुमति दिएको प्राधिकरणले अब भने मागका आधारमा अनुमति दिने बताएको छ । सरकारले स्वास्थ्य र पर्यटनमन्त्रालयको समुन्वयमा जोखिमको अवस्था हेरि उडान अनुमति अधिकतमसम्म दिनसक्ने निर्णय गरिदिएपछि प्राधिकरणले यस्तो निर्णय लिएको हो । सरकारले गरेको पछिल्लो निर्णय अहिलेसम्म नआएपनि मागका आधारमा अब अनुमति दिइने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । पछिल्लो समय बाढी पहिरोका कारण सडक यातायात अवरुद्ध भएपछि केही गन्तव्यमा उडानको संख्य थप गरिएको उनको भनाइ छ ।
यसअघि प्राधिकरणले दैनिक ६७ उडान तालिका बनाएको थियो । तर उडान खोल्नेवित्तिकै सरकारले तोकेको कोटामा यात्रु भरिएको भन्दै एयरलाइन्सहरुले उडान संख्या बढाउन माग गरेका थिए। उडान संख्याको तुलनामा यात्रु धेरै भएपछि भाडा महंगो हुने भएकाले पनि उडान संख्या बढाउनुपर्ने उनीहरुको माग थियो ।

0Shares