राष्ट्रिय

आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि

0Shares

काठमाडौ,वैशाख ७ : हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन्। निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले मंगलबार देखि लागु हुने गरि आन्तरिक हवाई भाडामा अधिकतम ८५ रुपैयाँसम्म वृद्धि गरेको हो। अन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपनि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको एसोसिएसनका प्रवक्ताले जानकारी दिए ।

योसँगै अब हवाई यात्रुहरूले साविकको भाडामा भन्दा बढि भाडा तिर्नुपर्ने भएको छ। बाराको सिमराबाट काठमाडौँको लागि हुने उडानको पनि भाडा बढेको छ । अब सिमरा-काठमाडौँ र काठमाडौँ-सिमराका लागि हवाई यात्रा गर्दा १५ रुपैयाँ बढी भाडा तिर्नुपर्ने हुन्छ। निगमले वैशाख ४ गते पेट्रोलियम पदार्थसँगै हवाई इन्धनमा समेत प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो। हवाई इन्धनको मूल्यमा हुने घटबढका आधारमा इन्धन शुल्क पनि स्वचालित गर्ने प्रणालीअनुसार शुल्क बढाइएको वायुसेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ।

0Shares