राष्ट्रिय

आमहड्तालका कारण उपत्यकाको सुरक्षा व्यवस्था कडा

0Shares

काठमाडौँ,माघ २२; नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको आह्वान गरेको आमहड्तालका कारण प्रहरी प्रशासनले उपत्यकाको सुरक्षा व्यवस्था निकै नै कडा बनाइएको छ ।गृह मन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै नेपालको संविधान तथा प्रचलित कानुन विपरीत शान्ति सुरक्षामा खलबल पुग्ने गतिविधि भएको भन्दै त्यस्ता गतिविधिहरु हुन नदिने भन्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थीयो । प्रचण्ड–नेपाल समूहको बन्द आह्वानले जनजीवनमा असर परेको छ । बिहानैदेखि नेता कार्यकर्ता बन्द गराउँदै सडकमा उत्रिएका छन् भने बन्द गराउँदै हिँड्नेलाई प्रहरीले बीभीन्न ठाउ बाट पक्राउ पनी गरेको छ ।उपत्यकामा बीभीन्न ठाउबाट शीर्ष नेताहरु सहीत तीन दर्जनको हाराहारीमा पक्राउ परिसकेको जनाएको छ । साथै उपत्यका बाहिर बाट पनि पक्राउ परिरहेको प्रहरीले जनाइएको छ ।

यसैबीच शान्तिपूण बन्द आह्वान गरेको जनाइए पनि काठमाडौंको गोंगबुमा एउटा ट्याक्सी जलाइएको छ । चार अपरीचीत व्यक्तिले ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।हीज मात्रै पत्रकार सम्मेलन गरी प्रचण्ड–नेपाल समूहले आमहड्ताल शान्तिपूर्ण हुने बताएको थियो । त्यस्तै अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने पनि जनाएको थियो ।विद्यार्थीहरुको परीक्षामा कुनै अवरोध नगर्ने समेत बताएको थियो। बन्द को कारण सार्बजनीक यातायात नचल्दा आज बीधाथी हरुलाई परीक्षा सेन्टर सम्म जानको लागी असहज भयको छ।

0Shares