राष्ट्रिय

आम हड्ताल सफल पार्न पुस्पकमल दाहाल पनि सडकमा

0Shares

काठमाडौँ, माघ २२ : आजको आम हड्ताल सफल पार्न नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा उत्रीएका छन् । प्रचण्ड आफ्नो निवास खुमलटार बाट सातदोबाटो चोकमा निस्किएका छन् ।
आम हड्ताललाइ सफल पार्न प्रचण्ड-नेपाल समुहका सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजीले रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्य समेत केहि कार्यकर्ता लाइ बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रचण्ड-नेपाल समूहले आज के पी ओली सरकारले असंवैधानिक तबरले संसद विघटन गरेको र अवैधानिकरुपमा संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको हो।
काठमाडौंको गोंगबुमा एउटा ट्याक्सीमा बन्दकर्ता समुहबाट आगजनी गरिएको छ। बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरिएको छ। आगजनी गरिएको ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो। प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको भएतापनि उक्त्त ट्याक्सीमा पूर्ण क्षति पुगेको छ ।  

0Shares