पुंजीबजार

इडिआइएस गर्न समस्या

0Shares

काठमाडौ,साउन ४: पूँजीगत लाभकरको नयाँ व्यवस्था आएसँगै सोमबार लगानीकर्तालाई आफुले बिक्री गरेको शेयरको इडिआइएस गर्न समस्या देखिएको छ।आइतबार शेयर बिक्री गरेका लगानीकर्ताहरुले सोमबार २ बजेसम्ममा इडिआइएस गरिसक्नुपर्ने हुन्छ। तर, अहिले मेरो शेयरले काम नगर्दा लगानीकर्ताहरुले इडिआइएस गर्न सकेका छैनन्।इडिआइएस गर्न समस्या देखिएपछि क्लोजआउटमा परिने डर आम लगानीकर्तामा बढेको छ।
यता सिडिएसीले भने नयाँ व्यवस्था अनुसार सिस्टम अपग्रेड गरिएकोले सिस्टम केहि सुस्त भएको जनाएको छ। सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले नयाँ सिस्ट्रम इन्टिग्रेट गरिएकोले केहि समस्या देखिएको र त्यसमा कम भइरहेको बताए। “नयाँ सिस्टम अपग्रेड गरिएकोले त्यसको अप्टिमाइज हुँदै छ”, न्यौपानेले भने, “अहिले केहि सुस्त भएको हो, त्यसमा काम भइरहेको छ।”इडिआइएस गर्ने समय थप गर्ने नगर्ने भने काम सकिएपछि मात्रै भन्न सकिने उनले बताए। अहिले काम भइरहेको उनी बताउछन्। “काम गर्दै जाँदा के हुन्छ त्यहि अनुसार इडिआइएस गर्ने समय थप गर्ने वा नगर्ने भन्ने बारे निर्णय गर्ने छौ,” उनले भने।सरकारले बजेटमार्फत खरिद गरेको शेयर एक वर्षभन्दा कम अवधिमा बिक्री गर्ने लगानीकर्तालाई साढे ७ प्रतिशत कर लाग्ने व्यवस्था गरेको थियो। सो व्यवस्था गत आइतबारदेखि शेयर बिक्री गर्ने लगानीकर्ताहरुमा लागु भएकाे छ।आइतबार शेयर बिक्री गर्ने कतिपय लगानीकर्ताले भने अझैसम्म पनि इडिआइएस गर्न नसकेको बताएका छन्।सरकारले गरेको उक्त व्यवस्थाअनुसार लाभकर गणना गर्न सिडिएससीले मेरो शेयर सफ्टवेरमा केहि फिचर समेत थप गरेको छ। केन्द्रीय निक्षेप प्रणालीले मेरो शेयर प्रणालीमा धितोपत्र स्वामित्वको अवधि गणना गर्ने सुविधा थप गरेको छ। सिडिएससीले अल्पकालिन र दीर्घकालिन लगानीकर्ताहरुको पहिचान हुने व्यवस्था मेरो शेयरमा थप गरेको हो।

0Shares