बैंक तथा वित्तिय

इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्दै

0Shares

काठमाडौ,चैत १७: अजोड इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।कम्पनीले पूँजी वृद्धि गर्न २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावसहित आगामी वैशाख ७ गते साधरण सभा बोलाएको हो ।
कम्पनीको तेस्रो वार्षिक साधरण सभा वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौंमा हुनेछ ।कम्पनीले, सभामा अधिकृत र चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।यसैगरी, कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को वासलत, नाफा नोक्सान, आयव्यय विवरण प्रस्तुत गर्ने, बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधरणको तर्फबाट २ जना संचालकको निर्वाचन गर्ने लगायतका एजेन्डा लैजाने भएको छ ।

0Shares