राष्ट्रिय

उपत्यकाका विभीन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित

0Shares

काठमाण्डौ, माघ ३० : नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा भोलि र पर्सि दिउँसो विद्युत् बन्द गर्ने भएको छ। भोलि साँखु, गोठाटार र कोटेश्वरमा विद्युत काटिने छ भने,पर्सि कपनका क्षेत्रमा विद्युत काटिने भएको छ। बानेश्वर वितरण केन्द्रले दिएको जानकारी अनुसार,शनिबार बिहान ११ देखि दिउँसो २:३० बजेसम्म साँखु क्षेत्रमा विद्युत काटिनेछ।

शनिबार नै गोठाटार क्षेत्र अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म र कोटेश्वर क्षेत्रमा दिउँसो १:३० देखि अपरान्ह ४:३० सम्म विद्युत काटिनेछ।कपन क्षेत्र अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ।सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको केन्द्रको भनाइ छ।

0Shares