राष्ट्रिय

उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

0Shares

काठमाडौ,वैशाख २८ : सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण आर्यालले सो निर्णय भएको जानकारी दिएका हुन् ।
महामारी उच्च गतिमा बढेकाले सरकारले पाटन, थापाथलीस्थित प्रसूति गृह, ट्रमा सेन्टर लगायतका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको उनले बताए । कोरोना संक्रमित बढ्दै जाँदा बेड अभाव भएपछि यस्तो निर्णय गरेको मन्त्रालयको भनाइ छ ।

0Shares