राष्ट्रिय

उपत्यकामा लम्बियो निषेधाज्ञा

0Shares

काठमाडौ,वैशाख २१ : काठमाडौमा वैशाख १६ गतेबाट जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । आज बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौंमा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यस्तै यो समयमा उपत्यका छाड्ने नागरीकलाई सहजीकरण गर्ने समेत जानकारी गराइएको छ । आजको निर्णयअनुसार अब पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । बेलुका पूर्णरुपमा बन्द गरिनेछ । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाइ गरिनेछ ।

0Shares