राष्ट्रिय

उपत्यकामा सवारी साधनमा समस्या

0Shares

काठमाडौँ,माघ २३; नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले शुक्रबार राजधानीको दरवारमार्गमा आयोजना गर्न लागेको आमसभाका कारण काठमाडौं उपत्यकाभित्र सवारी आवागमन समस्या भएको जनायको छ महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दरवारमार्गमा हुने कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानमा मानिसहरु भेला भइरहेका कारण दरवारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको छ ।
ट्राफिक प्रहरीले दरवारमार्गतर्फ जाने भाडाका साना सवारी साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पद्मोदयमोड, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर, सोह्रखुट्टेबाट डाइभर्सन गरेको छ ।सवारी आवागमन सहज बनाउनका लागि भाडाका ठुला सवारी साधनलाई चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको महाशाखाले जनाएको छ । डाइभर्सनका कारण माइतिघर, सिंहदरवार, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी साधन चापमा चलिरहेको महाशाखाले जनाएको छ ।कार्यक्रम अवधिभर सवारी साधन डाइभर्सन हुने भएकोले सवारी साधनका चालकलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न महाशाखाले अनुरोध गरेको छ ।

0Shares