राष्ट्रिय

उपत्यकामा हट्यो जोर बिजोर प्रणाली

0Shares

काठमाडौ,असार २० : आज बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप खुकुलो पर्ने निर्णय गरेको छ । अब सार्वजनिक तथा नीजि सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली आगामी मंगलबार (असार २२) देखि लागू हुने गरी हट्ने भएको छ ।
त्यस्तै बैठकले भौतिक रुपमा परीक्षाहरु सञ्चालन गर्न समेत अनुमति दिएको छ । बढीमा २५ जना नबढ्ने गरी भौतिक रुपमा परीक्षा सञ्चलन गर्न दिने निर्णय भएको काठमाडौ जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने बन्द नै हुनेछन् । योसँगै अब काठमाडौं उपत्यकामा माइक्रोबस, टेम्पु लगायतका सवारी साधन समेत चल्न पाउनेछन् । लामो दुरीका सवारी साधन नचल्ने गरी निषेधाज्ञा खुकुलो बनाएको र जारी निषेधाज्ञा आगामी असार ३१ गतेसम्म थप्ने निर्णय भएको छ ।

0Shares