राष्ट्रिय

ऋषि पञ्चमी संगै तीजको विदाई

0Shares

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अन्तिम दिन भाद्र शुक्ल पञ्चमीका दिनमा मनाईने ऋषि पञ्चमी नेपाली नारीहरुले सप्त ऋषिको पुजा आराधना गरी मनाउदैछ्न |

ऋषि पञ्चमीको ब्रतकथा श्रवण गर्नाले सबै पापबाट मुक्त हुने र यो व्रत लिन सके सुख,शान्ति तथा रजस्वला भएको समयमा जानी-नजानी गरिएका सबै गल्तिहरु नष्ट भएर जान्छ भन्ने विश्वास रहेको छ | महिलाहरु नजिकैको खोला,ताल,पोखरी,नदीमा गई ३६५ वटा दत्तिवनले दात माझने,गोबर माटो र खरानी लगाई स्नान गर्ने गर्दछ्न ।

यस बर्ष विश्वमा फैलिएको महामारी ले गर्दा घरमै बसेर पुजा आराधना गरि कथा सुनेर मनाएका छन । पुजाआराधना पश्चात् टुसा उमारेका अन्न, कन्दमुल, कर्कला आदि खाइ नाचगान गरी तिज पर्बलाइ बिदाई गर्ने गर्दछन।

0Shares