खेलकुद

एकै ओभरमा ६ छक्का प्रहार

0Shares

काठमाडौ,फागुन २०: श्रीलंकाविरुद्धको तीन खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजका कप्तान काइरन पोलार्डले धमाकेदार ब्याटिङ गरेका छन्।पोलार्डको उत्कृष्ट ब्याटिङमा वेस्ट इन्डिजले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको घरेलु टिम श्रीलंकाले ९ विकेटको क्षतिमा १३१ रन जोड्यो। उसका लागि पाथुन निशंकाले सबैभन्दा बढी ३९ रन जोडे। बलिङमा वेस्ट इन्डिजका ओबे म्याकेएले २ विकेट लिए।

१३२ रनको सामान्य लक्ष्य वेस्ट इन्जिजले १३.१ ओभरमै ६ विकेटको क्षतिमा पूरा गर्‍यो। वेस्ट इन्डिजको जितमा कप्तान पोलार्डले ११ बलमा ३८ रन जोडे। उनले छैटौं ओभरको ६ बलमै छक्का प्रहार गरेका थिए। सो ओभरमा श्रीलंकाका अकिला धनन्जयले बलिङ गरेका थिए। त्यसअघि धनन्जयले चौथो ओभरमा ह्याट्रिक गरेका थिए। उनले चौथो ओभरको दोस्रो बलमा इभिन लेविस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलास पूरनलाई आउट गरे। लेविस २८ रनमा आउट हुँदा गेल र पूरन शून्यमा आउट भए।

टी-२० को एकै ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमान भारतका युवराज सिंह  र दक्षिण अफ्रिकाका हर्षल गिब्सको नाममा थियो।सिंहले इंग्ल्यान्डविरुद्ध र गिब्सले नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हिर्काएका थिए।पोलार्ड सातौं ओभरमा श्रीलंकाका डे सिल्भाको बलमा एलबिडब्लूको धरापमा परेका थिए। पोलार्ड बाहेक वेस्ट इन्डिजका लागि जासन होल्डरले नटआउट २९ रन जोडे भने लेन्ड सिमोन्सले २६ रन र इभिन लेविसले २८ रनको योगदान दिए। बलिङमा श्रीलंकाका धनन्जय र सिल्भाले ३-३ विकेट लिए।

0Shares