पुंजीबजार

एचआईडीसीएलले साउन ५ गतेबाट हकप्रद सेयर बिक्री खुल्ला गर्ने

0Shares

काठमाडौ,असार १८: हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले साउन ५ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १:१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद प्रयोजनार्थ गत जेठ २८ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ जेठ २७ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन्।साउन ५ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ। कम्पनीकाे हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ ।नेपाल धितोपत्र बोर्डले गत जेठ ९ गते यो हकप्रदलाई निष्कासनको अनुमति दिएको थियो।

0Shares