बैंक तथा वित्तिय

एनएमबि बैंकले घोषणा गर्यो लाभांश

0Shares

पुस ६, काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट १६ दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको पुस ५ गते बसेको ४१२औं सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण गर्ने कम्पनीले जानकारी दिएको छ

हाल कम्पनीको चुक्तापूँजी रू. १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९६६ दशमलव ९६ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने भएको हो ।

0Shares