राष्ट्रिय

एमालेभित्र देखिएको विवाद अन्त्यको लागि आज सहमतिपत्रमा हस्ताक्षर हुँदै

0Shares

काठमाडौ,असार २७: नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यको लागि आज सहमतिपत्रमा हस्ताक्षर हुँदैछ । कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । दुवै पक्षका नेताहरु अहिले सिंहदरबार पुगेका छन् ।बैठक ८ बजेका लागि बोलाइएको भए पनि नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा रहेकाले ढिलाइ भएको हो । मिल्न बाँकी रहेका भाषागत विषय पनि मिलिसकेकाले हस्ताक्षरमात्रै बाँकी रहेको नेता सुवास नेम्वाङले जानकारी दिए ।
उनका अनुसार एमाले एकताको सन्देश दिँदै कार्यदलले हस्ताक्षर गरेर सहमतिपत्र शीर्ष नेतालाई बुझाउनेछ । आजै स्थायी कमिटी बैठक बोलाएर केन्द्रीय कमिटीको बैठक बोलाउन सुझाव दिएको उनले जानकारी दिए ।

0Shares