राष्ट्रिय

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

0Shares

काठमाडौ,साउन ४ : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।
हिजो मात्रै पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वाशको मत दिएपछि आज बस्न लागेको केन्द्रिय कमिटिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । एमाले स्थायी कमिटिको बैठकले हिजो देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गरेको थियो ।

0Shares