राष्ट्रिय

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

0Shares

काठमाडौ,साउन ५ : सोमबारदेखि शुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने भएको छ । एमाले केन्द्रीय कमिटीको चालू १० औं बैठक आज पनि जारी रहने एमाले सचिव शेर बहादुर तामाङले जानकारी दिए सोमबार बसेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरुसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने उपस्थित भएका छनन् । उनीहरु देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरिरहेका छन् । सरकारमा सहभागी गराउने बारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार विहानै नेपाल निवास कोटेश्वर पुगेको बताइएको छ ।

0Shares