राष्ट्रिय

एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते

0Shares

काठमाडौ,असार १३ : आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ नेकपा एमालेको स्थायी कमिटी बैठकले यही असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बैठकका बारेमा जानकारी दिंदै प्रवक्ता प्रदीप ज्ञवालीले असार १६ गते बुधवारका लागि महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बैठकमा माधव नेपाल पक्षसँग भएका सहमतिको प्रयास बारे समेत चर्चा भएको प्रवक्ता ज्ञवालीले संचारकर्मीहरुलाई जानकारी दिए । पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा पनि गम्भीर रुपमा छलफल भएको उनले बताए ।
सर्वोच्च अदालतले आयोजक कमिटीलाई नचिन्ने र यस कमिटीले गरेका कारवाहीको निर्णय वैधानिक हुन नसक्ने आदेश दिएको थियो । त्यस्तै पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले गरिरहेका थिए । तर ओली पक्षीय स्थायी कमिटीको बैठकले इतर समूहको आग्रह र सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाएको हो । यता ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गरेर एकतामा आउन नेपाल पक्षलाई अपिल गर्दै आइरहेका छन् ।

0Shares