राष्ट्रिय

एसईई र कक्षा १२ को परीक्षा अन्योलमा

0Shares

काठमाडौ वैशाख २२ : कोरोनाको दोस्रो लहरले महामारीको रुप लिदै गएपछि यस वर्ष पनि एसईई र कक्षा १२ को परीक्षा संचालनमा अन्योल देखिएको छ । राष्ट्रिय जनगणनाको गणक तथा सुपरिवेक्षकको तालिम समेत स्थगित भएको वर्तमान सन्दर्भमा विद्यालय तहको मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान सरोकारवाला बाट गर्न थालिएको छ । परीक्षा संचालनका सम्बन्धमा सम्बन्धित निकायको मौनताका कारण यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षकलाई समस्या भएको छ ।

गत वर्ष वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्दीले असारबाट वैकल्पिक माध्यमबाट पठनपाठन थालिएको थियो । तर, सबै विद्यार्थीको पहुँचमा वैकल्पिक माध्यम पुग्न सकेको थिएन । गत मङ्सिर र पुसबाट बल्ल कक्षाकोठाभित्र प्रत्यक्ष पठनपाठन सुरु भएको थियो । गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् । गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।

0Shares