राष्ट्रिय

ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल बल्कोट पाैवाको मुहार फेरिदै

0Shares

अर्घाखाँची भाद्र २० , ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल बल्कोट पौवा अर्घाखाँचीको परिसरमा बल्कोट युएई सम्पर्क समाजले फलाम तथा काठ बाट निर्मित बेन्च हस्तान्तरण गरेको छ । पछिल्लो समय छत्रदेवका विभिन्न स्थानमा रहेका गरिब दु:खी बिपन्न तथा असहायहरुलाई सहयोग गर्दै आएको संस्था बल्कोट अर्घाखाँची युएई सम्पर्क समाजले यस पटक गाउँ बिकासको कार्यमा पनि हात अघि बढाएको छ । ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल परशु रामेश्वर पौवा बल्कोटको अवलोकन तथा घुम्न आउने पर्यटकका लागि केही समय थकाईमार्नका निमित्त पौवाको आगनमा बेन्च राखिएको छ। परशु रामेश्वर पौवा संरक्षण समितिको चाहनामा बल्कोट अर्घाखाँची युएई सम्पर्क समाजद्वारा आज पौवाको आगनमा एक कार्यक्रम आयोजनागरी बेन्च हस्तान्तरण गरेको जानकारी नरेन्द्र पौडेलले दिनुभएको छ।

पिताम्बर खनालद्वारा सन्चालित कार्यक्रममा परशु रामेश्वर पौवा संरक्षण समितिका अध्यक्ष तथा छत्रदेव गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष राजेश कुमार पन्थीको अध्यक्षतामा संचालन गरिएको बेन्च हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी पालिका अध्यक्ष लेखनाथ पोख्रेल ,विशिष्ठ अतिथी उपाध्यक्ष तुलसा देवी श्रेष्ठ, विशिष्ठ अतिथी प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, अतिथी छत्रदेब वडा नं.१ का अध्यक्ष प्रकाश राज पन्थी,३ का तेजप्रसाद खनाल ,४ का अशोक कुमार श्रेष्ठ, पौवा संरक्षण समितिका पदाधिकारीहरु, नेपाली काङ्ग्रेस जिल्ला सचिब बिष्णु भुसाल, नेपाल तरुण दल छत्रदेव अध्यक्ष नरेन्द्र पौडेल , नेकपा छत्रदेव अध्यक्ष रामलाल पराजुली साथै धुर्ब पाण्डे, रामजी प्रसाद पाण्डे लगायत विभिन्न सामाजिक तथा राजनैतिक व्यक्तित्व सहित को उपस्थितिमा बल्कोट पौवा संरक्षण समिती लाई ५ वटा पार्क बेन्च हस्तान्तरण गरिएको छ ।भने बल्कोट अर्घाखाँची युएई सम्पर्क समाजले गर्ने सामाजिक काममा विशेष योगदान पुर्याउनु हुने दामोदर पाण्डे ,राजु धिमिरे, मित्रलाल पाण्डे र गिरिबहादुर रायमाझिलाई परशु रामेश्वर पौवा संरक्षण समितिले सम्मान गरेको छ ।

0Shares