राष्ट्रिय

ओलीको चिन्ता लोकतान्त्रिक प्रणालीलाई गलत दिशातिर धकिलिदै

0Shares

काठमाडौ,असार २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट सोमबार जारी फैसलाप्रति प्रश्न उठाएका छन् । आज प्रधानमन्त्रीको कार्यालयबाट देशवासीको नाममा सम्बोधन गर्दै प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा अदालतले गरेको फैसलाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातिर धकेल्ने भन्दै चिन्तित भएको टिप्पणी गरेका छन् । उनले सो फैसलाले मुलुकको लोकतान्त्रिक प्रणाली र दलीय व्यवस्थामा दीर्घकालीन असर पर्ने बताएका छन् ।
उनले अदालतको फैसलाप्रति प्रश्न उठाउँदै भने–‘लोकतन्त्रको रक्षा विकास र सुदृढीकरणमा यी फैसला सहयोगी रहे कि असहयोगी ? यिनले राजनीतिक स्थायित्वलाई बल पुर्‍याएको कि क्षति ? यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ? समग्रमा यो फैसलाले राजनीतिलाई अग्रगमनमा लग्यो कि पछाडि ? यसको समीक्षा भविष्यले नै गर्नेछ ।’ उनले सर्वोच्चको फैसलाको समयले अग्निपरीक्षा लिँदै जाने टिप्पणी गरेका छन् ।

0Shares