ओलीको सर्वसत्तावाद अन्त्य हुदै:वर्षमान पुन
काठमाडौ,चैत ४: पार्टी केन्द्रीय कमिटी सदस्य वर्षमान पुन बैठकमा बोल्दै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै ओलीको सर्वसत्तावाद अन्त्य हुन पनिसमय नलाग्ने बताएका हुन् । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले केपी ओली प्रवृत्तिको अन्त्य हुने बताएका छन् ।
पार्टीको लाइन सच्याएर जानेभन्दा सबै बुझाइलाई एक ठाउँमा उभिने वातावरण बनाउनु पर्ने धारणा उनले राखेका थिए । एमालेमा गएका माओवादी नेताहरुलाई फर्काउन प्रयास गर्नुपर्ने पुनले बताए ।‘दलाल नोकरशाहीका विरुद्ध लड्ने भन्छौं । हाम्रा सबै व्यवहार चरित्र उनी (ओली) सँगै मिल्छन् । यस्तो खालको संस्कार र संस्कृतिबाट समाजवादमा पुग्न सक्दैनौं,’ पुनले भने