राष्ट्रिय

कक्षा १० को एसईई परीक्षा जेठ १३ गतेदेखि

0Shares
काठमाडौं,फागुन २५: शैक्षिक शत्र २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन हुने भएको छ ।आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने गरि गत २६ माघमा मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । विद्यालय शिक्षाको शैक्षिक शत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरिको थियो ।

मुलुक संघीयतामा गएपछि एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमनलगायत सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाएका थिए तर सरकारले यससम्बन्धी स्पष्ट कानून बनाउन नसकेका कारणअझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ । संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको भएतापनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ ।
0Shares