राष्ट्रिय

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै हुने तयारी

0Shares

काठमाडौ,साउन ५ : कोरोना संक्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले तयारी थालेको हो । सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाले बोर्डले मागेको अनुमति अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न अनुमति दिएको जानकारी दिए ।
परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा सञ्चालन गर्न अनुमति पाएको बताउँदै मन्त्रिपरिषद्ले निर्णय गरेपछि परीक्षा सञ्चालन गर्ने बताएका छन् । बोर्डले परीक्षा लिनका लागि सुरक्षा मापदण्ड पालना गर्ने कार्यविधि तयार गर्ने काम गरिरहेको छ ।

0Shares