पुंजीबजार

कती भयो सेयर ब्रोकर कमिशन ?

0Shares

१० पुस, काठमाडौं । सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने सेयर ब्रोकर कमिशन घटेको छ । नेपाल धितोपत्र बोर्डले अधिकतम ०.४० प्रतिशत हुने गरी कमिशन घटाएको हो । यस अघि ब्रोकर कमिशत अधिकतम् ०.६५ प्रतिशतसम्म रहेको थियो ।

दिनमै ९ अर्बसम्म कारोबार हुन थालेको तथा अनलाइन कारोबारको संख्या बढेको कारण लगानीकर्ताले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए । ब्रोकर कमिशन नघटाइ बोर्डका अध्यक्ष अमेरिका गएको भन्दै लगानीकर्ताले केहि साता अघिमात्रै बोर्ड घेराउ गरेका थिए ।अध्यक्ष ढुंगाना स्वदेश फर्किएको एक साता पछि आज बोर्डले कमिशन घटाउने निर्णय गरेको हो ।

हालसम्म लगानीकर्ताहरुले सेयर कमिसन वापत ०.६१५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ । सेयर बिक्री गर्दा नाफामा ५ प्रतिशत लाभकर तिर्नु पर्छ । ५० हजारसम्मको कारोबारमा ०.६० प्रतिशत र त्यसभन्दा माथि पाँच लाख रुपैयाँसम्म ०.५५ प्रतिशत ब्रोकर कमिसन तिर्नु पर्ने थियो ।

यसैगरी पाँच लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म ०.५० प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्म ०.४५ प्रतिशत र एककरोड रुपैयाँदेखि माथि ०.४० प्रतिशत ब्रोकरलाई कमिसन र त्यसमाथि सेवा शुल्क भनेर नेपाल धितोपत्र बोर्डलाई ०.०१५ प्रतिशत रकम तिर्नुपर्ने व्यवस्था थियो । डिपी शुल्क भने प्रत्येक कारोबारमा २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

0Shares