राष्ट्रिय

कपिलवस्तु शिलमा सबैले जान्नैपर्ने ५ कुरा

0Shares

जिल्ला सुरक्षा समिती कपिलवस्तुको बैठकले जिल्लालाई बैशाख २९ गते साँझ ५ बजे देखि जेठ ५ गते राती १२ बजे सम्मका लागी शिल गरेको छ । शील हुँदाका बखत प्रशासनले गर्न मिल्ने र नमिल्ने गतिबिधीलाई स्पष्ट गरेको छ । हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जान्नैपर्ने ५ कुराहरुः

१) अति आवश्यकिय वस्तु ढुवानीः
खाद्यान्न, तरकारी, फलफुल, दुध, पेट्रोलियम पदार्थ, ग्यास, औषधी, पानी, पशुपन्छीको दाना ढुवानी गर्न पाइनेछ । त्यसैगरी एम्बुलेन्स, शवबाहन चल्नेछन् ।

२) राजमार्ग सुचारु हुनेः
राजमार्ग भएर गुड्ने सवारी साधन (चढने र ओर्लिन नपाउने गरि) पाउनेछन् ।

३) मानव आवत जातवमा रोकः
जिल्ला भित्र गुड्ने सबै प्रकारका सवारी साधन, मानवको आवत जावत र सम्पुर्ण किसिमका गतिबिधीमा रोक लगाइएको छ ।

४) उद्योग धन्दा बन्दः
उद्योग धन्दा, कलकारखाना, निर्माण सँग सम्बन्धित कार्यहरु, व्यापार व्यवसाय सञ्चालनमा पुर्ण रुपमा रोक लगाएको छ ।

५) खाद्यान्न र तरकारी पसल विहान खुल्नेः
खाद्यान्न र तरकारी खरिदका हकमा बिहान ७ देखी ९ बजेसम्मको समय छुट्टयाईएको छ ।

Source:Butwaltoday.com

0Shares