राष्ट्रिय

कम्युनिष्ट पार्टीहरु विस्तारै सकिदै छ:डा.राम शरण महत

0Shares

काठमाडौ,चैत १२: नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ ‘क’ द्वारा आयोजित वृहत अगुवा कार्यकर्ता भेला पुर्व अर्थमन्त्रि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.राम शरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक चरित्र नदेखाएको आरोप लगाएका छन । महतले नेपालमा कम्युनिष्ट पार्टीहरु विस्तारै सकिन लागेको बताए । दुई तिहाई जनमत प्राप्त गर्दा समेत जनभावना अनुसार काम गर्न नसकेको भन्दै महतले कम्युनिष्टहरुले मुलुक हाँक्न नसक्ने बताए ।

कार्यक्रम नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति केशव राज कुँवर ज्यु को सभापतित्वमा सम्पन्न भएको छ।कार्यक्रममा विशिष्ट अतिथिको आतिथ्यता नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका सचेतक मा.सांसद पुष्पा भुसाल ज्यु ,पुर्वमन्त्री एवं पुर्व केन्द्रीय सदस्य रेवति प्रसाद भुसाल ज्यु र नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीका सभापति बिस्नु प्रसाद खनाल ‘मुस्कान’ ज्यु ले गर्नुभएको थियो।कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका पुर्व पार्टि सभापति एवं जिल्ला समन्वय समितिका सभापति पिताम्वर शर्मा भुसाल ज्यु, नेपाली कांग्रेस अर्घाखाँचीका पुर्व पार्टि सभापति एवं सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल ज्यु, जिल्ला कार्यसमिति अर्घाखाँचीका उप-सभापति शान्ता भण्डारी ज्यु लगायत जिल्ला कार्यसमिति अर्घाखाँचीका पदाधिकारी एवं सदस्य ज्युहरू,पार्टिका आमन्त्रित सदस्य ज्यु हरू,क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य ज्यु हरू, नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमशेर अलिमिया ज्यु,नगरपालिकाका प्रमुख एवं उप प्रमुख ज्यु हरू, गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्ष ज्यु हरू,नगरपालिका-गाउँपालिकाका पार्टि सभापति ज्यु हरू, महासमिति एवं महाधिवेशन प्रतिनिधि ज्यु हरू,६१ वटै वडाका सभापति ज्यु हरू,वडाध्यक्ष एवं वडा सदस्य ज्यु हरू,पार्टिका क्षेत्रीय प्रतिनिधि,क्रियाशील सदस्य ज्यु हरू, नेपाल तरूण दल,नेपाल विधार्थि संघ,नेपाल महिला संघ,नेपाल शिक्षक संघ,नेपाल दलित संघ,नेपाल मुस्लिम संघ,किसान संघ,नेपाल भूतपूर्व सैनिक संघ लगायतका भातृ एवं शुभेच्छुक संघ संस्थाका सभापति, कार्यसमितिका पदाधिकारी एवं सदस्य ज्यु हरू,विभिन्न विभागीय पदाधिकारी एवं सदस्य ज्यु हरू, पुर्व जिल्ला,क्षेत्र,नगरपालिका एवं गाउँपालिका र वडा कार्यसमितिका पार्टि पदाधिकारी एवं सदस्य ज्यु हरू, उधोग वाणिज्य संघ,ट्रेड युनियन लगायत संस्थाका पदाधिकारी एवं सदस्य ज्यु हरू, प्रेस युनियन,पत्रकार महासंघका पदाधिकारी एवं प्रतिनिधि ज्यु हरू ,नेपाली कांग्रेसका विभिन्न तह र तप्कामा कृयाशिल नेता कार्यकर्ता ज्यु हरूको उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ ‘क’ का सचीब तारा प्रसाद फुल्लेल ले गर्नुभएको थियो।

0Shares