राष्ट्रिय

कर्णालीवासीले मनाए ‘छोरा’ तिहार

0Shares

काठमाडौँ माघ २: कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लामा प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन ‘छोरा’ तिहार मनाउने प्रचलन रहेको छ। यस दीन छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ। भाइतीहारमा जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारदीने चलन रही आएको छ ।टीकार सगुन सहीत आमाले छोरालाई दीर्घायु र प्रगतिको आशीर्वाद दिने गर्दछन भने छोराले पनी आमालाई पैसा, धोती चोलीलगायतका कोसेली दीन्छन। आमाको हातबाट टीका थाप्नका लागि घर बाट काम बिशेषले बाहिर गएका छोरा पनि घर फर्कने गर्दछन। काम विशेषले घर पुग्न नसक्ने छोराले फोनबाटै आमाबाट आशीर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोसेली छुट्याएर राखिदिने गरिन्छ ।

छोरा तिहारको दिनमा आमाको हातबाट टीका थापिसकेपछि पुरुषहरु भेला भई घरघरमा पुगेर भाइटीकामा जस्तै देउसी भैलो खेल्ने प्रचलन छ । यसरी देउसी भैलो खेलेर उठेको रकमबाट सार्वजानिक सम्पदा मर्मतसम्भार गरिन्छ भने बचेको रकमबाट वनभोज जाने गरिन्छ ।आजैका दिनमा महिलाहरु पनि सार्वजानिकस्थलमा जम्मा भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने गर्दछन । यो भैलो तिहारको देउसीभन्दा फरक ढङ्गबाट र फरक लयमा खेलिने गर्दछ । छोरा तिहारमा आमा नहुनेहरुले भने स्थानीय मठमन्दिरमा गएर पुजारीको हातबाट टीका, अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् ।

0Shares