राष्ट्रिय

कर्णाली प्रदेशको आठौं अधिवेशन जेठ २४ गते

0Shares

काठमाडौ,जेठ २१ : कर्णाली प्रदेश सभाको आठौं अधिवेशन जेठ २४ गतेलाई आह्वान भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आठौं अधिवेशन आह्वान गर्नु भएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीले विज्ञप्ति जारी गर्दै अधिवेशन यही जेठ २४ गते दिउँसो २ बजे बस्ने जानकारी गराउनुभएको छ । उहाँले नेपालको संविधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको बैठकको आह्वान भएको हो ।

असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्ने प्रचलन छ ।

0Shares