राष्ट्रिय

कल्पना पाण्डेले लीइन सपथ

0Shares

काठमाडौ,वैशाख ६: लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुकाे सपथ ग्रहण भएकाे छ । मुख्यमन्त्री शंकर पाेखरेलकाे सिफारिसमा नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्म नाथ प्रसाद यादवले सपथ ग्रहण गराएका हुन । मुख्यमन्त्री शंकर पाेखरेलले सामाजिक बिकास मन्त्रालय,भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालयलाई बिभाजन  गरेर थपिएका ४ मन्त्री र हेरफेर भएका ३ जना मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा सपथ ग्रहण गराईएकाे हाे । कल्पना पाण्डे सामाजिक बिकास तथा शिक्षा मन्त्री हुनुभयो। थपिएका मन्त्रीमध्ये भाैतिक पुर्वाधारमा सन्ताेष पाण्डे ल्याएईएकाे छ भने सरकारका प्रवक्ता समेत रहेका भाैतिक पुर्वाधार मन्त्री बैजनाथ चाैधरी थारु आर्थिक मामिला, याेजना तथा ग्रामीण तथा सहरी बिकास मन्त्री बनाईएकाे छ ।उद्योग मन्त्री लिला गिरि आन्तरिक मामिला तथा कानुन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन भने कृषि मन्त्री आरती पाैडेललाई उद्योग बन बाताबरण  मन्त्री बनाईएकाे छ ।

0Shares