राष्ट्रिय

काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थमा समस्या

0Shares

काठमाडौ,फागुन १४: नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया गरिएको छ। उनलाई मस्तिष्कमा समस्या देखिएपछि नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ। उनलाई मस्तिष्कमा पानि जमेपछि शुक्रवार विहान शल्यक्रिया गरिएको छ। सुरूमा वीर अस्पताल लगिएको थियो। शुक्रबार बिहान ३ बजे जोशीको स्वास्थ्यमा समस्या आएको थियो। उनलाई सुरुमा शरीरको देब्रे भाग नचल्ने देखिएको थियो। उनको अहिले आईसीयुमा राखेर उपचार गरिदै छ। कांग्रेसका सभापति शेरबहादुर देउवाले ट्वीट गर्दै जोशीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।जोशीलाई भेट्न कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंयुवा नेता गगन थापा, विशो प्रकास शर्मा लगाएतका नेताहरु नर्भिकअस्पताल पुगेर उनको स्वस्थ शिघ्रलाभको कामना गरेका छन्। सिंहका सहयोगी यूपी लामिछानेका अनुसार चिकित्सकहरूले जोशीको अपरेशन सफल भएको नेताहरूलाई जानकारी दिएका छन्।

0Shares