राष्ट्रिय

कांग्रेस संसदीय दलको बैठक बस्दै

0Shares

काठमाडौ,वैशाख २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्दै छ । यही वैशाख २७ गतेको विशेष अधिवेशनमा बैठकमा पार्टीको तयारीलगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो । राजनीतिक ध्रुवीकरण तीव्र भइरहेको बेला बोलाइएको कांग्रेस संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो । प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।

0Shares