राष्ट्रिय

काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगित

0Shares

काठमाडौ,साउन २ : सरकारले काठमाडौँमा यही असार २९ गतेदेखि शुरु गरेको कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान खोप अभावका कारण स्थगित भएको छ । काठमाडौ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगित भएको जानकारी दिए । खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो ।
अभियानका लागि काठमाडौँ जिल्लामा ४४ खोप केन्द्रबाट खोप उपलब्ध गराउँदै आइरहेको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो । चीनबाट करीब आठ लाख खोप आएपछि अभियान सञ्चालन भएको थियो ।

0Shares