राष्ट्रिय

काठमाडौंमा आज दिउँसो पानी पर्ने सम्भावना

0Shares

काठमाडौ,फागुन ६: आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेन्टिग्रेड रहेको छ । दिउँसो तापक्रम बढेर २२–२४ डिग्रीसम्म पुग्ने सम्भावना छ । काठमाडौंमा आज दिउँसो पानी पर्ने सम्भावना रहेको छ । दिउँसो १ बजेपछि मौसममा बदली भएर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्याल बताउँछन् । “आज राति काठमाडौंको मौसम केही सफा देखिने छ । दुईतीन दिनसम्म पनि मौसम सफा नै देखिए पनि त्यसपछि पुनः बदली हुने सम्भावना छ,” मौसमविद् अर्याल भन्छन् । 

आज दिउँसो प्रदेश २ र प्रदेश ३ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उनका अनुसार आज विहान देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिए ।  यसैबीच, आजराति प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।
 

0Shares