राष्ट्रिय

काठमाडौंमा जोर-बिजोर प्रणाली हट्ने

0Shares

२ पुस, काठमाडौं । भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।

जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वासथ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक सवारी चल्न दिने निर्णय भएको छ । ‘शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारबाट लागू हुनेगरी सार्वजनिक सवारीमा जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको छ ,’ उनले भने ।

0Shares