राष्ट्रिय

काठमाडौंमा पैदलयात्रुलाई पनि प्रवेश निषेध, गल्लीमा अनावश्यक भीडभाड गरे कारबाही

0Shares

कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन काठमाडौंमा अर्को जिल्लाबाट आउने पैदल यात्रुहरूलाई पनि प्रवेश निषेध गरिने भएको छ।

गृहमन्त्रालयबाट प्राप्त निर्देशनहरू तथा जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकको निर्णयले पैदल यात्रुहरूलाई पनि प्रवेश निषेध गर्ने निर्णय गरेको हो।

त्यस्तै एम्बुलेन्स, शव बहान, औषधि तथा स्वास्थ्य सामग्री, सबै औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु पेट्रोलियम पदार्थ, ग्यास, बोक्ने सवारीसाधनलाई पास नचाहिने प्रशासन कार्यालयले जानकारी दिएको छ।

साथै सबै प्रकासरका खाद्य वस्तु, पशुपंक्षीजन्य आहारा, खसी बोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल तथा निर्माण सामाग्री बोकेका सवारीसाधनलाई पास नचाहिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

यी सवारीसाधन बाहेक अन्यलाई भने काठमाडौंमा प्रवेश निषेध गरिएको छ।

त्यस्तै जिल्लाका मूल सडक, भित्री सडक तथा गल्लीहरूमा पनि विभिन्न वहानामा अनावश्यक भीडभाड नगर्न समेत गृहले अनुरोध गरेको छ।

त्यसो गरेको पाइएमा कानून बमोजिम कारबाहीका लागि नियन्त्रणमा लिन सक्ने बताइएको छ।

Source:Setopati

0Shares