राष्ट्रिय

काठमाडौं महानगरको कार्यालय घेराउ

0Shares

काठमाडौ,फागुन १६: आइतबार वृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्षसमितिले महानगर कार्यालय घेराउ गरेका हुन्। वृहत् नागरिक आन्दोलनले विकासका नाममा जारी प्रतिगमन विरूद्ध काठमाडौं महानगरको कार्यालय घेराउ गरेको छ।
उनीहरूले ‘सम्पदा मास्ने भूत भगाऔं कमल पोखरी जोगाऔं’ जस्ता प्लेकार्डसहित धर्ना दिएका हुन्। उनीहरूले कमलपोखरीमा कंकिट प्रयोग गर्न नपाउने र मातृभाषा प्रयोग गर्न पाउनुपर्नेलगायत माग गरेका छन्। बालाजु बाइपासमा उठिबास गरिएका स्वबासीहरूलाई सोही स्थानमा पुनर्स्थापना गराउनुपर्ने माग पनि उनीहरूको छ। नागरिकलाई सडकछाप बनाउने कस्तो नीति, कस्तो सरकार?’ भन्ने प्लेकार्डसहित उनीहरूले धर्ना दिएका छन्।

0Shares